नियम १२
आदेश वा निर्देशन पालना नगर्ने कर्मचारी उपर कारबाही हुने
(१) सम्बन्धित कर्मचारीले आफूलाई तोकिएको जिम्मेबारी र सुम्पेको कामका लागि आफूभन्दा माथिको अधिकारीप्रति जवाफदेही हुनेछ ।
(२) आफूमाथिको अधिकारीले दिएको आदेश वा निर्देशन पालन नगर्ने कर्मचारी उपर त्यस्तो आदेश वा निर्देशन दिने अधिकारीले कारबाही गर्न अख्तियारवाला समक्ष सिफारिस गर्न सक्नेछ र निजले त्यस्तो आदेश र निर्देशन पालना नगरेको देखिएमा प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ ।